बागमती


भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति गम्भीर घाइते

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति गम्भीर घाइते

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १०:१९, भक्तपुर

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

यहाँबाट काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका-५, द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका हुन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको हो। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका-४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad