भक्तपुरको भक्तपुर नगरपालिका-५ गडेधारा, कटुन्जेस्थित सूर्यप्रसाद काफ्लेको घरमा यही माघ २१ देखि २७ गतेसम्म सप्ताह लगाइएको थियो।
त्यसमा दोलखाको तामाकोसी गाउँपालिका-१ भीरकोटकी ५० वर्षीया पार्वती काफ्ले पनि श्रीमान् दण्डपानीसहित सहभागी भइन्। सूर्यप्रसाद पार्वतीका जेठाजु हुन्।
सप्ताह आइतबार सम्पन्न भयो। त्यसपछि पार्वतीको परिवार सप्ताहमा चढाइएका फूलपाती देवघाटमा सेलाउन भनेर बस रिजर्भ गरी आइतबार राति देवघाटका लागि निस्कियो।
तर दुर्भाग्य! केही छिमेकीसहित काफ्ले परिवार सवार बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका-७, सातकिलो भन्ने स्थानमा पुग्दा दुर्घटना भयो।
भक्तपुरको कटुञ्जेबाट चालक र सहचालकसहित २८ जना बोकेर आइतबार राति ८:३० बजेतिर गुडेको बस राति १० बजे सातकिलो भन्ने स्थानमा पुग्दा पल्टिएको थियो। जसमा काफ्ले परिवारकै १८ सदस्य थिए।
बस एक्कासि सडकबाट चिप्लिएर दुर्घटना भएपछि पार्वतीसहित २१ जना घाइते भए।
गम्भीर घाइते अवस्थामा पार्वतीलाई धादिङको धार्केस्थित साइबाबा अस्पताल पुर्याइयो। तर उपचारका क्रममा आइतबार राति १ बजे उनको मृत्यु भएको देवर नाता पर्ने नवराज काफ्लेले जानकारी दिए।
‘बसमा सवारमध्ये १८ जना एउटै परिवारका सदस्य थिए’, उनले नेपालखबरसँग भने, ‘दोलखाका मानिसहरू भए पनि उहाँहरू भक्तपुरबाटै देवघाट जानका लागि निस्कनुभएको थियो। बाँकी ८ जना भक्तपुर कटुञ्जेका स्थानीय हुनुहुन्थ्यो।’
यसरी परिवारका सदस्यसहित फूलपाती सेलाउन देवघाट जाँदै गरेकी पार्वती बीच बाटोमै बितिन्।
उनका श्रीमान् ५२ वर्षका डण्डपानीसहित परिवारका अन्य सदस्य घाइते भएका छन्।
यी हुन् घाइते
दुर्घटनामा चालक, सहचालकसहित २१ जना घाइते भएका छन्।
नामावली:
-ललितपुर बस्ने ५३ वर्षकी शान्ता अधिकारी (टाउकोमा चोट, अवस्था गम्भीर),
-काठमाडौँ, जोरपाटी बस्ने ६८ वर्षकी जानुका हुमागाईं (टाउकोमा चोट, अवस्था गम्भीर)
-सोही स्थानका शिवप्रसाद हुमागाईं (टाउकोमा चोट, अवस्था मध्यम)
-सोही स्थानकी ४२ वर्षकी समिता हुमागाईँ (मुखमा चोट, अवस्था सामान्य)
-ललितपुर महालक्ष्मी बस्ने ४६ वर्षकी पवित्रा रावत, (टाउको, हातमा चोट, अवस्था मध्यम)
उनीहरू न्युरो अस्पताल बाँसबारीमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
अन्य घाइते:
-दोलखाको तामाकोसी गाउँपालिका-१ भीरकोटकी ५० वर्षकी राधिका काफ्ले (भित्री चोट, अवस्था मध्यम)
-सोही स्थान घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बस्ने वर्ष ५५ का कृष्णप्रसाद काफ्ले (ढाड तथा छाती र बायाँ खुट्टामा चोट, अवस्था मध्यम)
-सूर्यविनायक-३ बस्ने सावित्री ढकाल ( शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)
-काठमाडौँ जोरपाटी बस्ने २८ वर्षकी सविना काफ्ले (अवस्था मध्यम)
-दोलखा घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ बस्ने सूर्यप्रसाद काफ्ले (बायाँ हातमा चोट, अवस्था मध्यम)
-सोही स्थानकी ४४ वर्षकी गोमा काफ्ले (शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम)
-२८ वर्षका धिरज काफ्ले (अवस्था मध्यम)
-वतन नखुलेका राम चौलगाईं (अवस्था मध्यम)
-ठेगाना नखुलेकी चमेली भण्डारी (अवस्था मध्यम)
प्रहरीका अनुसार यी घाइतेको नेपाल प्रहरी अस्पताल महाराजगन्ज, काठमाडौँमा उपचार भइरहेको छ।
थप घाइते:
-दोलखा तामाकोसी नगरपालिका-१ बस्ने वर्ष २६ की जमुना काफ्ले (टाउको तथा दुवै हात र कम्मरमा चोट, अवस्था मध्यम)
-सोही स्थानकी ३८ वर्षीया अम्बिका काफ्ले (टाउको तथा पेट र छातीमा भित्री चोट, अवस्था मध्यम)
-त्यही स्थानका ५२ वर्षका डण्डपानी काफ्ले (कानमा चोट, अवस्था मध्यम)
-सोही ठेगानका ३१ वर्षका हरिप्रसाद काफ्ले (अवस्था सामान्य)
-सोही स्थानका अन्दाजी ८३ वर्षीय नरबहादुर ओली (छाती तथा अनुहारमा चोट, अवस्था गम्भीर)
-भक्तपुर सूर्यविनायक बस्ने गीता भण्डारी (अवस्था सामान्य)
-सोही स्थानकी ५० वर्षकी मैना नेपाल (अवस्था सामान्य)
-ललितपुर बस्ने ४५ वर्षका नारायणप्रसाद अधिकारी (हातखुट्टामा चोट, अवस्था मध्यम)
उनीहरूको भने ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको धादिङ प्ररीले जनाएको छ।
बस चालक दोलखाका ३६ वर्षका जितबहादुर मगर र सहचालक रामेछापका २७ वर्षीय विमोचन सापकोटासमेत दुर्घटनामा घाइते भएका छन्।
Shares

प्रतिक्रिया