बागमती


राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार (भिडिओ)

राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार (भिडिओ)

नेपालखबर
असार १२, २०८२ बिहिबार ९:४३, काठमाडौँ

काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका-८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो।

ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार उनी दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीया भावना ओली हुन्। प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। उनी भने कार विष्णुमती खोलामा खस्नासाथ गाडीबाट बाहिर निस्केका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार युवतीको उद्धार गर्ने क्रममा ३ प्रहरी र २ स्थानीय घाइते भएका छन्। ‘उनको उद्धार गर्ने क्रममा तीन जना प्रहरी र दुईजना स्थानीय पनि घाइते भएका छन्’, एसपी बोहोराले बिहीबार बिहान नेपालखबरसँग भने, ‘उनीहरू सबै वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि आज बिहान डिस्चार्ज भएका छन्।’

प्रहरीका अनुसार बाढीले बगाएको कार बाँनियाटार पुलमा पुगेर अड्किएको थियो। त्यही मौकामा स्थानीय र प्रहरीले युवतीको उद्धार गरेका हुन्।

कार गएराति १२ बजेतिर क्रेनको सहायताले खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। 

एसपी बोहराका अनुसार उद्धारमा प्रहरी नायब उपरीक्षक निरन्जन थापाको कमान्डमा २० जना र विपद् व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जना गरी ४५ प्रहरी खटिएका थिए।  

कारसँगै विष्णुमतीमा बगिरहेकी युवती उद्धारको भिडिओ-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad