बागमती


हेटौँडाकी मेयर लामाले मेसिनबाट रोपिन् धान (तस्बिरहरू)

हेटौँडाकी मेयर लामाले मेसिनबाट रोपिन् धान (तस्बिरहरू)

सुनिता विष्ट
असार १५, २०८२ आइतबार १८:२३, हेटौँडा

धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मानिर्भरता भन्ने मूल नाराको साथ मनाइएको २२ औँ राष्ट्रिय धान दिवस हेटौँडामा पनि मनाइएको छ। हरेक असार १५ गते मनाइने यो दिवस हेटौँडामा पनि मनाइएको हो।

आइतबार हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको हो। 

हेटौँडाकी नगरप्रमुख मिना कुमारी लामाले हेटौँडा–१७ राजदेवीमा धान रोप्ने मेसिन चलाएर धान रोपेकी थिइन्। हेटौँडा उपमहानगरपालिका तथा प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना, चितवनको आर्थिक सहयोग मनाइएको धान दिवस कार्यक्रम अवलोकन गर्न विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत खेतमा लगिएको थियो। 

उपमहानगरपालिकाले हेटौँडा–१७ लाई धान पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको छ। जसअन्र्तगत किसानहरुलाई धान बिउ वितरण, धानका लागि आवश्यक किटनाशक औषधि, ट्याक्टर, हातेपम्प तथा त्रिपाल सहयोग गरेको थियो। 

यता, उपमहानगरपालिकाको सहयोग तथा राप्ती तल्लोटोल टोलविकास संस्थाको आयोजनामा हेटौँडा ११ मा पनि धान दिवस मनाइएको थियो। बाजागाजा सहित मनाइएको धान दिवसमा हेटौँडाकी मेयर लामा सहित अन्य जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad