बागमती


काठमाडौँ महानगरपालिकाबाट ६४ हजार जनाले लिए निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौँ महानगरपालिकाबाट ६४ हजार जनाले लिए निःशुल्क कानुनी परामर्श सेवा

फाइल तस्बिर: काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल


नेपालखबर
साउन ३, २०८२ शनिबार १०:३८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ।

२०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको कामपाका उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन्। 

उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै कम थिए। कानुनी प्रक्रियामा जान झन्झटिलो र खर्च लाग्ने भएपछि नागरिक सेवा दिनबाट वञ्चित थिए। अहिले निःशुल्क प्रदान गरिने सेवा लिन वडा कार्यालयमा भिड हुने गरेको छ। 

उनले भनिन्, ‘लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र ब्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानुनमा तोकेबमोजिम बनाउनुपर्ने सहजकर्ताको मुख्य काम हो। कानुनी लिखतहरूको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, उहाँले व्यक्त गरेको तथ्यगत व्यहोरा र सबुदको मूल्याङ्कन गर्ने, प्रचलित सङ्घीय, प्रदेश र कामपाबाट जारी गरिएका कानुनी प्रबन्धहरूसँग पछिसम्म फरक नपर्ने कुराको यकिन गर्नु अर्को काम हो।’

सेवा उपलब्ध गराउन आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ। सोही आधारमा सेवा प्रदान गरिएको छ। त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिएको छ। 

सेवा प्रदान गर्न हरेक वडामा निःशुल्क कानुनी परामर्श सेवा कक्ष स्थापना छ। कक्ष सञ्चालनमा आवश्यक टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक शैक्षिक सामग्री वडाले व्यवस्था गरेको छ। सेवाग्राहीको तर्फबाट पेस गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानुनी व्यवस्थाको मौखिक वा लिखित जानकारी दिनु कानुनी सहजकर्ताको मुख्य काम हो।

त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउन सहयो गर्ने विद्यार्थीका मुख्य काम हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad