बागमती


हेटौँडामा सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

हेटौँडामा सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १६:१३, हेटौँडा

मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

मंगलबार दिउँसो २ः५० बजेको समयमा नं. २ राजदल गण तनहुँबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको सैनिक टोलीको ट्रक दुर्घटना भएको हो।

सँगै जाँदै गरेका चारवटा ट्रकमध्ये लु ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो ट्रकमा २२ जना सेना सवार थिए।

सडक सिमानामा रहेको पुलबाट करिब १०÷१२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जनाकारी दिए। उनका अनुसार तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक अर्यालको कमाण्डमा टोली खटिएको थियो। नेपाली सेनाकै सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad