बागमती


काठमाडौँको भीमसेनस्थाननजिक केही घरमा आगलागी

काठमाडौँको भीमसेनस्थाननजिक केही घरमा आगलागी

आगलागी भएको स्थान


नेपालखबर
असोज १३, २०८२ सोमबार १०:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नम्बर २०, भीमसेनस्थाननजिक केही घरमा आज बिहान आगलागी भएको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दका अनुसार बिहान ४ः४० बजेतिर मोहन शाहको २ तले घरस्थित कपडाको गोदामबाट आगलागी सुरु भएको थियो। 

‘यस क्रममा वरपरका अन्य २/३ वटा घरमा पनि आगलागी भएको छ’, उनले भनिन्, ‘क्षतिको विवरणचाहिँ संकलन हुँदै छ।’ 

आगलागी नियन्त्रण गर्न झन्डै ३ घण्टा लागेको थियो। अगो निभाउन नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका दमकल, नेपाल प्रहरी तथा स्थानीय खटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad