बागमती


सात गाडी ठोकिँदा २१ जना घाइते, नारायणगढ-मुग्लिन सडक बन्द

सात गाडी ठोकिँदा २१ जना घाइते, नारायणगढ-मुग्लिन सडक बन्द

दुर्घटनास्थल


सुनिता विष्ट
कात्तिक १, २०८२ शनिबार ९:११, हेटौँडा

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ गाईघाटमा शनिबार (आज) बिहान सातवटा सवारीसाधन आपसमा ठोकिँदा २१ जना घाइते भएका छन्।

बिहान करिब ७ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको बा ४ ख ७४२० नम्बरको बस ठोकिएपछि बस पछाडि आइरहेका पाँचवटा सवारीसाधन समेत एकअर्कासँग ठोकिएका हुन्।

दुर्घटनामा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र.०६–००१ ग ०४८४ नम्बरको ईभी माइक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बीएबी ८४७० नम्बरको कारसमेत आपसमा ठोकिएका हुन्।

दुर्घटनास्थल

दुर्घटनामा घाइते भएका २१ जनामध्ये १३ जना नेसनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज, र ४ जना जनता केयर अस्पताल भरतपुरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनास्थलमा सडक पूर्ण रूपमा अवरुद्ध भएको र दुर्घटनामा परेका सवारीसाधन हटाउने कार्य भइरहेको प्रहरीले बताएको छ।

प्रहरी चौकी जुगेडीका अनुसार, घटनास्थल चौकीबाट करिब ६–७ किलोमिटर उत्तरतर्फ पर्छ र थप विवरण संकलन भइरहेको छ।

घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्वमा टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad