मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखामा ठूलो ढुंगा खस्दा कान्ति लोकपथ बन्द भएको छ।
आइतबार (आज) बिहान ६:५५ बजेतिर माथिबाट ठूला ढुंगा झर्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
जानकारी प्राप्त भएपछि इलाका प्रहरी पोस्ट (जितपुर) बाट प्रहरी टोली खटिएको र स्थानीय निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए।
ढुंगा खसेको स्थान अस्थायी प्रहरी पोस्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।
निरन्तर ढुंगा झर्ने क्रम जारी रहेकाले सडक खुलाउन कठिन भएको प्रहरीको भनाइ छ।
72
Shares

प्रतिक्रिया