राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसांसद विन्दबासिनी कंसाकारले मकवानपुर–१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेकी हुन्।
‘आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेको छु। यस ऐतिहासिक यात्रामा तपाई सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु,’ कंसाकारले सामाजिक सञ्जालमा लेखेकी छिन्।
उनी २०७९ को प्रतिनिधि सभामा मकवानपुरबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। यो पटक समानुपातिकतर्फ सिफारिसमा नपरेकी कंसाकारले प्रत्यक्षतर्फ निर्वाचनमा होमिने तयारी गरेकी हुन्।
त्यसोत, रास्वपाबाट यसै क्षेत्रमा अर्का दुईजना पनि उम्मेदवारीको दौडमा छन्। रास्वपा मकवानपुरका नेता ध्रुवबहादुर विष्ट र युवा नेता प्रकाश गौतमको पनि चर्चा छ। उनीहरुले पनि सामाजिक सञ्जाल मार्फत उम्मेदवारी रहने बताएका छन्।
Shares

प्रतिक्रिया