समाज


अपडेट– शङ्खरापुर दुर्घटनामा चार जनाको मृत्यु

अपडेट– शङ्खरापुर दुर्घटनामा चार जनाको मृत्यु

नेपालखबर
पुस २३, २०८२ बुधबार २१:१२, काठमाडौँ

काठमाडौ‌ंको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उनले बताए।

साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो। दुर्घटनामा २२ जना घाइते भएका छन्। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल उपचार भइरहेको छ। 
     
उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ। ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad