बागमती


बुढानीलकण्ठमा तार जोडिएको प्रेसर कुकरले रातभर त्रास, बिहान हेर्दा इँटाका टुक्रा र सलाईका काँटी

बुढानीलकण्ठमा तार जोडिएको प्रेसर कुकरले रातभर त्रास, बिहान हेर्दा इँटाका टुक्रा र सलाईका काँटी

नेपालखबर
फागुन २०, २०८२ बुधबार ८:२९, काठमाडौँ

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-२ स्थित चपलीको सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकर आज (बुधबार) बिहान नेपाली सेनाको टोलीले हटाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी पवन भट्टराईका अनुसार चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा मंगलबार राति कागजले बेरेर राखिएको अवस्थामा कुकर भेटिएको हो।

‘त्यस स्थानलाई रातभर सुरक्षित राखेर आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली गएर हेर्दा सलाईको काँटीसमेत हालेर तार जोडेर छाडेको कुकरभित्र इँटाका टुक्रा भेटिए’, उनले नेपालखबरसँग भने। 

चुनाव बिथोल्ने मनसायले कसैले त्यसो गरेको हुन सक्ने उनले बताए। यद्यपि कुनै पर्चा नभेटिएकाले कुन समूहले त्यसरी कुकर राखेको थियो भन्ने स्पष्ट हुन सकेन। 

अहिले त्यहाँको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए। 

भोलि फागुन २१ गते बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad