काठमाडौँ उपत्यकामा अहिले हुस्सु लागिरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हुस्सु केही बेरमा तुवाँलोमा परिणत हुनेछ।
उनका अनुसार ३ हजारभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई हुस्सु भनिन्छ भने ५ हजार मिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई तुवाँलो भनिन्छ।
‘तुवाँलो पनि बिहान ९/१० बजेसम्म रहने र त्यसपछि भिजिबिलिटी थप सुधार हुँदै जाने छ’, मौसमविद् लामिछानेले नेपालखबरसँग भने।
यतिबेला तराईका पनि केही स्थानमा हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।
यसैबिच दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् लामिछानेले बताए।
‘आंशिक बादलचाहिँ लाग्छ तर वर्षा हुने सम्भावना देखिन्न’, उनले भने।

Shares

प्रतिक्रिया