समाज


नेकपाका उम्मेदवार शंकास्पद वस्तुसहित पक्राउ

नेकपाका उम्मेदवार शंकास्पद वस्तुसहित पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८२ बुधबार ९:३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक उम्मेदवार गएराति पर्साबाट पक्राउ परेका छन्। 

पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार मनोज चौधरीलाई शंकास्पद वस्तुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

‘गएराति नौ बजेतिर चौधरीसहित चार जनालाई हामीले पर्सागढी- ३ बडनियार चोकबाट नियन्त्रणमा लिएका हौँ,’ जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले नेपालखबरसँग भने, ‘उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्छ। गाडी घटनास्थलमै छ।’

चौधरी सवार बा.१० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बस्नेतले बताए। बिस्फोटक बस्तु बम भएको आशंका सुरक्षाकर्मीले गरेका छन्। 

उक्त बस्तुको पहिचान र डिस्पोजको लागि नेपाली सेनाको टोली बुधबार बिहान घटनास्थलमा गएको बस्नेतले बताए। 

नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडीमा बिस्फोटक बस्तु जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। 

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै चौधरी सवार गाडीसहितको क्षेत्रलाई घेराबन्दी गरिएको छ।

चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण दास र सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी पनि पक्राउ परेका छन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad