चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन्।
उनले नेपाली कांग्रेसको राजेन्द्र प्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गर्दै ढकाल विजयी भएका हुन्। ढकालले ५८ हजार २०८ मत प्राप्त गर्दा बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कृष्णराज पन्तले ४ हजार ८१ मत प्राप्त गरेका छन्।
राप्रपाका बलराम शर्मा खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्। ढकाल दोस्रो पटक यस क्षेत्रमा निर्वाचित भएका हुन्।
चितवन २ मा रास्वपाकै रवि लामिछाने र ३ मा सोविता गौतम विजयी भइसकेका छन्।
210
Shares

प्रतिक्रिया