बागमती


सडक माथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

सडक माथिबाट पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

फाइल फोटो


नेपालखबर
चैत ६, २०८२ शुक्रबार १७:३०, हेटौँडा

हेटौँडा–काठमाडौँ आउजाउ गर्ने कान्ति लोकपथमा पहिरो खस्दा दुवैतर्फ सडक अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे स्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

शुक्रबार साँझ ५ बजेतिरको समयमा सडक माथिबाट अचानक पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिङ्गनबाट करिब ६ किलोमिटर पूर्व–उत्तर दिशामा पर्दछ।

हाल पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad