बागमती


लालीगुराँग टिप्न गएकी बालिका भिरबाट लडेको अवस्थामा मृत भेटिइन्

लालीगुराँग टिप्न गएकी बालिका भिरबाट लडेको अवस्थामा मृत भेटिइन्

नेपालखबर
चैत १०, २०८२ मंगलबार ११:७, हेटौँडा

मकवानपुरमा भिरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भन्ज्याङकी लमिना वाइबाको मृत्यु भएको हो।

सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका उनलाई आमा गंगामाया लोले लालीगुराँग टिप्न भनी घरभन्दा केही पर छिमेकीको घरमा डोको लिन पठाएकी थिइन्।

साँझसम्म पनि घर नर्फिएपछि राति १२/१ बजेसम्म घर वरपर खोजी गरिएको थियो। तर रातमा उनी फेला परिनन्।

लमिनालाई पढाउने शिक्षक सुनिता मोक्तानले मंगलबार (आज) बिहानै खोजी गर्ने क्रममा घरनजिकै भिरबाट लडेको अवस्थामा उनी मृत भेटिएको जानकारी दिइन्। 

इन्द्रसरोवर गाउँपालिका-३ का वडाध्यक्ष प्रताप भोम्जनका अनुसार हाल बालिकाको शवको मुचुल्का उठाउने काम भइरहेको छ।

लमिना सोही वडामा रहेको रामचन्द्र भन्ज्याङ आधारभूत विद्यालयका कक्षा ३ मा पढ्थिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad