ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) अभय लामाको मृत्यु भएको छ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ घर भएका ३३ वर्षीय लामालाई गत आइतबार राति बाप्र ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले तारकेश्वर नगरपालिका-८ स्थित डाँडागाउँमा ठक्कर दिएको थियो।
दुर्घटनालगत्तै उद्धार गरी उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई ललितपुरको बीएन्डबी अस्पताल रिफर गरिएको थियो।
तर उपचारका क्रममा आज उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
186
Shares

प्रतिक्रिया