बागमती


मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो

मनोहरा सुकुमवासी बस्तीका सबै ८१० घरटहरा भत्काइयो

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार ५:५५, काठमाडौँ

भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुमवासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

सो स्थानका संरचना भत्काउन सोमबार २४ वटा जेसिबी प्रयोग गरिएका थिए। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो।

शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो। सुुकुमवासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।।

आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए।

आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad