बागमती


बागमतीको वित्तीय समानीकरण अनुदान- कुन पालिकालाई कति?

काठमाडौँलाई बढी, कोञ्जोसोमलाई सबैभन्दा कम
बागमतीको वित्तीय समानीकरण अनुदान- कुन पालिकालाई कति?

सुनिता विष्ट
बैशाख १५, २०८३ मंगलबार १६:२३, हेटौँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशका स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको अनुमानित परिमाण सार्वजनिक गरेको छ। मन्त्रालयले प्रदेशभित्रका ११९ वटै स्थानीय तहलाई प्रदान गरिने वित्तिय समानीकरण अनुदानको अनुमानित परिमाण सार्वजनिक गरेको हो। 

मन्त्रालयका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस तथा प्रदेश मन्त्रिपरिषद्को वैशाख १० गतेको निर्णयका आधारमा अनुदानको अनुमानित रकम तय गरिएको हो। मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको पत्रमार्फत् प्रत्येक स्थानीय तहले प्राप्त गर्ने अनुदानको विवरणसमेत उपलब्ध गराएको जनाएको छ।

मन्त्रालयले कुल अनुमानित १ अर्ब ४९ करोड ५५ लाख रुपैँया समानीकरण अनुदान पठाउने उल्लेख गरेको छ। जसमा न्यूनतम अनुदानमा २१ करोड १९ लाख ७५ हजार, सूत्रमा आधारित १ अर्ब २२ करोड ३७ लाख ५ हजार र कार्यसम्पादन मूल्यांकनमा आधारित ५ करोड ९८ लाख २० हजार रुपैँया उपलब्ध गराउने अनुमानित परिमाण सार्वजनिक गरेको हो।

जसमा सबैभन्दा बढी वित्तिय समानीकरण अनुदान पाउनेमा काठमाडौँ महानगरपालिका (८ करोड १ लाख) र सबैभन्दा कम प्राप्त गर्नेमा ललितपुरको कोञ्जोसोम गाउँपालिका (५१ लाख ८० हजार) रहेको छ।

कुन पालिकालाई कति? 
दोलखा
आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको वित्तिय समानीकरण अनुदानको अनुमानित परिमाण अनुसार दोलखाको जिरी नगरपालिकाले ९७ लाख ४ हजार, बिगु गाउँपालिकाले १ करोड ७ लाख १ हजार, गौरीशंखर गाउँपालिकाले १ करोड ४ लाख ६ हजार, कालिञ्चोक गाउँपालिकाले १ करोड १७ लाख ६१ हजार, बैतेश्वर गाउँपालिकाले १ करोड ७ लाख १६ हजार, तामाकोशी गाउँपालिकाले १ करोड ७ लाख १९ हजार, मेलुङ गाउँपालिकाले १ करोड ७ लाख ३८ हजार, शैलुङ गाउँपालिकाले १ करोड ४ लाख ७५ हजार र भीमेश्वर नगरपालिकाले १ करोड ५४ लाख ८६ हजार रुपैयाँ आागामी आर्थिक बर्षका लागि बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको हो। 

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले १ करोड ७४ लाख १ हजार, बाह्रबिसे नगरपालिकाको लागि १ करोड २५ लाख १५ हजार रुपैयाँ अनुमानित वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने भएको हो। यस्तै, भोटेकोशी गाउँपालिकाले ९८ लाख ७८ हजार, जुगल गाउँपालिकाले १ करोड ६ हजार, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले १ करोड ४ लाख ६१ हजार, हेलम्बु गाउँपालिकाले १ करोड २१ हजार, इन्द्रावती गाउँपालिकाले १ करोड ३१ लाख ७६ हजार रुपैँया वित्तिय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्। 

चौतारा साँगाचोकगढी नगरपालिकाले १ करोड ७७ लाख ६७ हजार, बलेफी गाउँपालिकाले १ करोड ६ लाख ८३ हजार, त्रिपुरासुन्दरी गाउँपालिकाले ८० लाख ८३ हजार, लिसंखुपाखर गाउँपालिकाले ९१ लाख ३० हजार र सुनकोशी गाउँपालिकाले ९९ लाख २७ हजार रुपैयाँ आागमी आर्थिक बर्ष २०८३/०८४ को लागि प्रदेश सरकारबाट अनुमानित वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने मरिमाण मन्त्रालयले सार्वजनिक गरेको हो। 

रसुवा
रसुवाको कालिका गाउँपालिकाले ७४ लाख ५८ हजार, नौकुण्ड गाउँपालिकाले ७४ लाख २८ हजार, उत्तरगया गाउँपालिकाले ६९ लाख ६० हजार, आमाछोदिङमो गाउँपालिकाले ५९ लाख ६५ हजार र गोसाइँकुण्ड गाउँपालिकाले ७७ लाख ९ हजार रुपैँया प्राप्त गर्ने अनुमानित विवरण सार्वजनिक गरिएको हो। 

धादिङ
यस्तै, धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको लागि ८४ लाख ४७ हजार, सिद्धलेक गाउँपालिकाले १ करेड १९ लाख ६३ हजार, नीलकण्ठ नगरपालिकाले २ करोड ९ लाख ५४ हजार, गंगाजमुना गाउँपालिकाले १ करोड ११ लाख २ हजार, बेनिघाट रोराङ गाउँपालिकाले १ करोड ४७ लाख १० हजार, त्रिपुरासुन्दरी गाउँपालिका १ करोड १९ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्ने अनुमानित वित्तिय समानीकरणको विवरण सार्वजनिक गरेको हो।

यस्तै, खनियाबास गाउँपालिकाले ७९ लाख ७५ हजार, ज्वालामुखी गाउँपालिकाले १करोड १९ लाख ६६ हजार, थाक्रे गाउँपालिकाले १ करोड ४५ लाख २३ हजार, गजुरी गाउँपालिकाले १ करोड ३१ लाख ६८ हजार, धुनिबेशी नगरपालिकाले १ करोड ३८ लाख १९ हजार, गल्छी गाउँपालिका १ करोड २७ लाख ४४ हजार र रुवीभ्याली गाउँपालिकाले ७१ लाख ४७ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट अनुमानित वित्तीय समानीकरण अनुदान पठाइने विवरण सार्वजनिक गरेको हो। 

नुवाकोट
नुवाकोटको १२ स्थानीय तहमध्ये म्यागङ गाउँपालिकालाई ५६ लाख ७२ हजार, बेलकोटगढी नगरपालिकालाई १ करोड ९ लाख, दुप्चेश्वर गाउँपालिकाले ७२ लाख ५९ हजार, तादी गाउँपालिकाले ६७ लाख ६६ हजार, सूर्यगढी गाउँपालिकाले ६४ लाख १२ हजार, बिदुर नगरपालिकाले १ करोड ३७ लाख १९ हजार, किस्पाङ गाउँपालिकाले ६० लाख २७ हजाार, तारकेश्वर गाउँपालिकाले ६० लाख ६६ हजार, लिखु गाउँपालिकाले ६८ लाख ४३ हजार, पञ्चकन्या गाउँपालिकाले ६४ लाख १८ हजार, शिवपुरी गाउँपालिका ७५ लाख ७६ हजार र ककनी गाउँपालिकाले ८५ लाख ५२ हजार रुपैँया अनुमानित वित्तिय समानिकरण अनुदान उपलब्ध गराउने भएको हो। 

काठमाडौँ
काठमाडौंको शंखरापुर नगरपालिकाले ८९ लाख ३४ हजार, कागेश्वरी मनहरा नगरपालिकाले १ करोड ६३ लाख ९५ हजार, गोकर्णेश्वर नगरपालिकाले २ करोड ३२ लाख २ हजार, बूढानीलकण्ठ नगरपालिका २ करोड ४४ लाख ५५ हजार, टोखा नगरपालिकाले २ करोड २४ लाख ३४ हजार वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने अनुमानित विवरण प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको हो। 

यस्तै, तारकेश्वर नगरपालिकाले १ करोड ९७ लाख ३६ हजार, नागार्जुन नगरपालिकाले १ करोड ७८ लाख ४५ हजार, चन्द्रागिरी नगरपालिकाले २ करोड ४ लाख २३ हजार, कीर्तिपुर नगरपालिकाले १ करोड ७६ लाख ८७ हजार, काठमाडौँ महानगरपालिकाले ८ करोड १ लाख ५८ हजार र दक्षिणकाली नगरपालिकाले ८९ लाख ५६ हजार रुपैँया अनुमानित वित्तीय समानीकरण प्राप्त गर्ने भएका हुन्।  

भक्तपुर
भक्तपुरको चागुँनारायण नगरपालिकाले १ करोड ४९ लाख ९७ हजार वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ भने भक्तपुर नगरपालिकाले १ करोड ९० लाख ४२ हजार, मध्यपुरठिमी नगरपालिकाले १ करोड ९७ लाख ३८ हजार र सूर्यविनायक नगरपालिकाले १ करोड ८९ लाख १० हजार रुपैयाँ प्रदेश सरकारबाट अनुमानित वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको हो । 

ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिकाले १ करोड ६३ लाख ३८ हजार, ललितपुर महानगरपालिकाले ४ करोड १८ लाख ६५ हजार, गोदावरी नगरपालिकाले १ करोड ८१ लाख ३१ हजार, कोञ्जोसोम गाउँपालिकाले ५१ लाख ८० हजार, महांकाल गाउँपालिकाले ५४ लाख ३ हजार र बागमती गाउँपालिकाले ६३ लाख ९१ हजार रुपैँया अनुमानित वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् ।

काभ्रेपलाञ्चोक
काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले १ करोड १४ लाख १७ हजार, चौरीदेउराली गाउँपालिकाले ७४ लाख २५ हजार, भुम्लु गाउँपालिकाले ७० लाख ७० हजार, मण्डनदेउपुर गाउँपालिका ९७ लाख ३९ हजार, बनेपा नगरपालिका १ करोड ४८ लाख ८५ हजार, धुलिखेल नगरपालिकाले १ करोड ५ लाख ६७ हजार, तेमाल गाउँपालिका ७७ लाख ६ हजार, नमोबुद्ध नगरपालिकाले ९४ लाख, पनौती नगरपालिकाले १ करोड ३१ लाख १३ हजार, बेथानचोक गाउँपालिका ७० लाख ८१ हजार, रोशी गाउँपालिकाले ९१ लाख ५९ हजार, महाभारत गाउँपालिकाले ७१ लाख ३८ हजार र खानीखोला गाउँपालिकाले ७२ लाख २८ हजार रुपैँया आागमी आर्थिक बर्षका लागि प्रदेश सरकारबाट अनुमानित वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्। 

रामेछाप
रामेछापकोे उमाकुण्ड गाउँपालिकाले १ करोड ९ लाख ८ रुपैँया आागमी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ भने गोकुलगंगा गाउँपालिकाले १ करोड १० लाख १२ हजार, लिखु तामाकोशी गाउँपालिकाले १ करोड १६ लाख १८ हजार, रामेछाप नगरपालिकाले १ करोड ३७ लाख ३० हजार, मन्थली नगरपालिकाले १ करोड ८१ लाख २४ हजार, खाँडादेवी गाउँपालिकाले १ करोड २५ लाख २२ हजार, दोरम्भा गाउँपालिकाले १ करोड १० लाख ४ हजार र सुनापति गाउँपालिकाले ९८ लाख ५२ हजार रुपैँया प्रदेश सरकारबाट वित्तिय अनुदान प्राप्त गर्ने भएको हो।  

सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिकाले १ करोड ५० लाख ३१ हजार, फिकल गाउँपालिकाले ६८ लाख ८७ हजार, तीनपाटन गाउँपालिकाले १ करोड ७ लाख ४० हजार, गोलञ्जोर गाउँपालिकाले ७४ लाख १४ हजार, कमलामाई नगरपालिकाले १ करोड ६१ लाख ५५ हजार, सुनकोशी गाउँपालिकाले ७९ लाख ४३ हजार, घ्याङ्लेख गाउँपालिकाले ५९ लाख ५६ हजार, मणिन गाउँपालिकाले ९० लाख ६९ हजार र हरिहरपुरगढी गाउँपालिकाले ८९ लाख ८१ हजार रुपैयाँ आागमी आर्थिक बर्षका लागि प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

मकवानपुर
मकवानपुरको १० स्थानीय तहहरुमध्ये हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा धेरै २ करोड ७७ लाख ३ हजार रुपैँया आागमी आर्थिक बर्षका लागि प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ। मकवानपुरमा सबैभन्दा कम वित्तीय अनुदान प्राप्त गर्नेमा इन्द्रसरोवर गाउँपालिका रहेको छ। जसलाई ५९ लाख ११ हजार रुपैयाँ पठाइने विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको हो। 

यस्तै, थाहा नगरपालिकाले १ करोड १२ लाख १७ हजार, कैलाश गाउँपालिकाले ८१ लाख ९८ हजार, राक्सिराङ गाउँपालिकाले ८७ लाख ७३ हजार, मनहरी गाउँपालिकाले १ करोड १२ लाख १९ हजार, भीमफेदी गाउँपालिकाले ९० लाख ४० हजार, मकवानपुरगढी गाउँपालिकाले ८७ लाख १४ हजार, बकैया गाउँपालिकाले १ करोड १२ लाख ७ हजार र बागमती गाउँपालिकाले ९८ लाख ९८ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका हुन्।

चितवन
जिल्लाको भरतपुर महानगरपालिकाले ४ करोड १६ लाख ५ हजार, राप्ती नगरपालिकाले १ करोड ५० लाख ९७ हजार, कालिका नगरपालिकाले १ करोड २६ लाख २४ हजार, इच्छाकामना गाउँपालिकाले ९० लाख २ हजार, रत्ननगर नगरपालिकाले १ करोड ७० लाख २६ हजार, खैरहनी नगरपालिकाले १ करोड ४७ लाख ४६ हजार र माडी नगरपालिकाले १ करोड १४ लाख ७९ हजार रुपैंया आागमी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट अनुमानित वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad