बागमती


जंगली च्याउ खाँदा बिरामी भएका एकै परिवारका ३ जनामध्ये २ को मृत्यु, अर्की बालिकाको अवस्था पनि गम्भीर

जंगली च्याउ खाँदा बिरामी भएका एकै परिवारका ३ जनामध्ये २ को मृत्यु, अर्की बालिकाको अवस्था पनि गम्भीर

च्याउको प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ ३, २०८३ आइतबार १३:१७, चितवन

चितवनमा जंगली च्याउ खाँदा मृत्यु भएकाको सङ्ख्या दुई पुगेको छ।

जंगली च्याउ सेवनका कारण जिल्लाको इच्छाकामना गाउँपालिका-१, कुलबाङगमा दुई जनाको मृत्यु भएको हो।

मृतकमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको मृत्यु जेठ १ गते भएको हो भने सञ्जयको उपचारका क्रममा शनिबार राति निधन भएको हो।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी खाएका थिए।

जसमध्ये तीन जनालाई उपचारका लागि जेठ १ गते भरतपुर अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भयो भने १३ वर्षीया मनिता चेपाङको उपचार जारी छ।

बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad