अमेरिकाको रक्षा मन्त्रालयले शनिबार विमानवाहक जहाज यूएसएस जेराल्ड आर फोर्ड स्वदेश फर्किएको घोषणा गरेको छ।
बीबीसीका अनुसार इरानसँग युद्ध सुरु हुनुभन्दा पहिले मध्यपूर्व पठाइएको उक्त जहाज ३२६ दिनको मिसनपछि शनिबार अमेरिका फर्किएको हो।
भियतनाम युद्धपछि अमेरिकी विमानवाहक युद्ध समूहको यो सबैभन्दा लामो मिसन थियो।
अमेरिकी सेनाका अनुसार आफ्नो मिसनका क्रममा विमानवाहक जहाजले क्यारिबियनमा अमेरिकी अपरेसनमा भाग लिएको थियो।
जहाँ अमेरिकी सेनाले लागुऔषध तस्करी गर्ने शंकास्पद डुंगाहरूमा आक्रमण गर्यो, तस्करी गरिएका ट्यांकर कब्जा गर्यो र भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लियो।
त्यसपछि जहाजलाई मध्यपूर्व पठाइएको थियो, जहाँ यसले इरानविरुद्धको लडाइँमा भाग लिएको थियो।
गत मार्चमा जहाजमा आगलागी भएको थियो, जसमा परी धेरै जना नाविक घाइते भएका थिए। पछि यसलाई मर्मतका लागि लाल सागरबाट क्रेट पठाइएको थियो।
Shares

प्रतिक्रिया