बागमती


ललितुपर २ मा रास्वपाका जगदीश खरेल भारी मतले विजयी

ललितुपर २ मा रास्वपाका जगदीश खरेल भारी मतले विजयी

नेपालखबर
फागुन २४, २०८२ आइतबार ११:२४, काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी भएका छन्।

ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्।

त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले ५ हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले ४ हजार ५३६ प्राप्त गरेका छन्। 

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर-२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ जनाले मतदान गरेका थिए।

यस क्षेत्रमा राजनीतिक दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार थिए।

विजयी रास्वपा उम्मेदवार खरेल पूर्वसञ्चारमन्त्री पनि हुन्। उनी मन्त्री पदबाट राजीनामा दिँदै चुनावी प्रतिस्पर्धामा होमिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad