ad ad

बैंक/वित्त


निक्षेपको ब्याजदर चैतमा यथावत् राख्ने सहमति

निक्षेपको ब्याजदर चैतमा यथावत् राख्ने सहमति

नेपालखबर
फागुन २९, २०७८ आइतबार १२:५३, काठमाडौँ

वाणिज्य बैंकहरुबीच चैतमा ब्याजदर यथावत राख्ने सहमति भएको छ। 

फागुन महिनाको दरमा निक्षेपको ब्याजदर प्रदान गर्ने नेपाल बैंकर्स संघले सहमति गरेको हो। 

वाणिज्य बैंकहरुको सीईओहरुको छाता संस्थामा रहेको संघले शुक्रबार र आइतबार समेत गरेको छलफलपछि ब्याजदर यथावत राख्ने निर्णयमा पुगेको हो। 

फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ०३ र संस्थागत मुद्दती निक्षेपमा १० दशमलव ०३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका छन्।

नेपाल बैंकर्स संघका एक सदस्यका अनुसार चैत महिनामा फागुनकै हाराहारीमा बैंकहरुले ब्याज प्रदान गर्नेछन्। नेपाल राष्ट्र बैंकले कति ब्याजदर प्रदान गर्ने हो त्यो दर अघिल्लो महिना नै प्रकाशित गर्नुपर्ने प्रावधान राखेको छ। सोहीअनुसार भोलिसम्म बैंकहरुले ब्याजदरको सार्वजनिक सूचना जारी गरिसक्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .