ad ad

अर्थनीति


पछि परेका प्रदेशलाई क्षतिपूर्तिसहितको योजना बनाउनुपर्छः रक्षामन्त्री

पछि परेका प्रदेशलाई क्षतिपूर्तिसहितको योजना बनाउनुपर्छः रक्षामन्त्री

नेपालखबर
माघ ९, २०८० मंगलबार १८:३, काठमाडौँ

उपप्रधानमन्त्री तथा  रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

मंगलबार रक्षा मन्त्रालयमा  उपप्रधानमन्त्री खड्काले आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी १६ औँ आवधिक योजनाकाबारे छलफल गरेका हुन्।

उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन्? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित योजना तर्जुमा गर्न सुझाव दिए। आवधिक योजना बनाउँदा विभिन्न कारणले विकास निर्माणमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्तिसहितको योजना बनाउन उनले ध्यानाकर्षण पनि गराए। यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा  लागू हुने गरी बनाउनुपर्ने उनको सुझाव थियो । 

यस्तै, छलफलमा उनले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो, त्यसको ठोस अनुसन्धान गर्न र किसानको उत्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे।

प्रधानमन्त्री खड्काले अहिले विकास निर्माण गर्दा देखापरिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ति र रुख कटानीको झन्झटिलो व्यवस्थाको सही विकल्प पहिचान गर्न पनि सुझाएका छन्।

छलफलको सुरुमा  याेजना आयाेगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसहितका पदाधिकारीले आवधिक याेजनाकाे तयारीबारे जानकारी गराएकाा थिए।

छलफलमा उपाध्यक्ष श्रेष्ठका साथै सदस्य डा. अनिता शाह ढुंगाना, सदस्यसचिव डा. तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .