अपराध


चाबाहिलमा डकैती आरोपमा ५ जना पक्राउ

चाबाहिलमा डकैती आरोपमा ५ जना पक्राउ

नेपालखबर
साउन १५, २०७९ आइतबार १४:३१, काठमाडौँ

काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरमा डकैती गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। 

खाजा पसल चलाउने सुनसरीको धरान उपमहानगरपालिका-१० की ५३ वर्षीया महिलाको सुनको सिक्री, कुण्डल, फूली, औंठी र नगद लगायत धनमाल डकैती गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल सरस्वतीनगर बस्ने मकवानपुर छतिवन गाउँपालिका ४ का २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने २२ वर्षीय भुपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने सिन्धुपाल्चोकका २४ वर्षीय कवीरजंग कुँवर, काठमाडौं दक्षिणढोका बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २२ वर्षीय कल्याण कुमार सुवेदी र काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने सिन्धुपाल्चोक तौथली गाउँपालिका ५ का ४५ वर्षीय बुनु श्रेष्ठ छन्।

कुकुरलाई दिशा गराउन भनि साउन ८ गते बिहान ३ बजे पसलको सटर खोल्दा तत्काल नाम, थर, वतन नखुलेका ३ जना ब्यक्तिहरू सटरभित्र प्रवेश गरी ती महिलाको हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधेर कुटपिट गरी उक्त धनमाल डाँका गरेको पीडितले प्रहरीलाई बताएकी छन्। 

प्रहरी बृत्त गौशाला, बौद्ध र मालीगाउँ समेतबाट खटिएको संयुक्त प्रहरीले कपन, जोरपाटी र माकलबारी लगायतका स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उतम तामाङको साथबाट २२ हजार ५ सय रूपैयाँ, भुपाल श्रेष्ठको
कोठाबाट आधा तोला बराबरको १ जोर सुनको कुण्डल, १ थान औंठी, १ थान पहेँलो रङको घडी र १ थान मोबाइल बरामद गरेको छ।

उनीहरू उपर डाँका गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .