अपराध


नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जना पक्राउ

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १४:४६, काठमाडौँ

काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समीर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरुण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ, स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय विदुर प्याकुरेल छन्। 

यसैगरी अन्य अभियुक्तमा काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा बिर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। 

नेपालस्थित अमेरिकन दूतावासमा ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले भिसा प्रयोजनका लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे।

नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई इलाका प्रहरी कार्यालय दमक
झापा र इलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरुलाई लिखतसम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .