ad ad

अपराध


ललितपुर र भक्तपुरका दुई घरबाट चोरियो साढे ८ लाख

ललितपुर र भक्तपुरका दुई घरबाट चोरियो साढे ८ लाख

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १३:२८, काठमाडौँ

ललितपुर र भक्तपुरमा गरी नगद र धनमाल गरी साढे ८ लाखभन्दा बढी चोरी भएको छ। 

प्रहरीका अनुसार ललितपुरको गोदावारी नगरपालिका–३ टोखेलस्थित जोगेन्द्र मेहेताको डेरा कोठाको ताला फोडेर सुनचाँदीका विभिन्न गहना चोरी गरिएको हो। सुनसरी घर भएका ५४ वर्षीय उनको कोठाबाट ७ लाख १८ हजार रुपैयाँ बराबरको गहना चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै भक्तपुर पनि एक घरबाट नगद र सुन चोरी भएको छ। प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बंगलामुखीस्थित वीरसिं राईको घरबाट १ लाख २५ हजार रुपैयाँ र सुनको औंठी गरी झन्डै १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .