ad ad

अपराध


२० गते नेपाल आउँछु - सन्दीप लामिछाने

२० गते नेपाल  आउँछु - सन्दीप लामिछाने

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार १०:४१, काठमाडौँ

बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असाेज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू आगामी बिहीबार नेपाल आइपुग्न लागेको बताएका हुन्।

बलात्कारको आरोप लागेका सन्दीपले आफू नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन्।

उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफूलाई कानुनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका छन्। उनले आफूले छिटै नै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन्। 

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा आफूलाई बलात्कार गरको भन्दै जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेको सम्झौता रद्द भएको थियो। 

सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसपछि लामो समय सम्पर्कविहीन भएका लामिछानेले लामो समयपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किने बताएका थिए। 

तर यसअघि पनि छिट्टै नेपाल फर्किने बताएर सम्पर्कविहीन भएका लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .