ad ad

अपराध


करुवा प्रहार गरी श्रीमतीको हत्या

करुवा प्रहार गरी श्रीमतीको हत्या

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १९:३८, काठमाडौँ

झापाको बुद्धशान्ति गाउँपालिका–१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन। आज बिहान ३ बजे गोरडले सामान्य बाद बिवादको क्रममा २६ वर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए।

उनको प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो।

तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले करुवा प्रहार गर्ने गोरडलाई घटना स्थलबाट नै पक्राउ गरेको हो।

पक्राउ परेका गोरडको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल सञ्चालन गरी बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .