ad ad

अपराध


नुवाकोटमा आमा-छोरीको हत्या, अनुसन्धान गर्दै प्रहरी

नुवाकोटमा आमा-छोरीको हत्या, अनुसन्धान गर्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ६:२८, नुवाकोट

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा साेमबार साँझ आमाछोरीको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरका विभिन्न अङ्गमा गहिरो चोट पुर्‍याएर उनीहरुको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव साेमबार साँझ ७ बजे भेटिएको हो। 

प्रहरी चौकी समुन्द्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .