ad ad

अपराध


काठमाडौंमा गहना चोरी आरोपमा ६ जना पक्राउ, पेस्तोल र लागुऔषध बरामद

काठमाडौंमा गहना चोरी आरोपमा ६ जना पक्राउ, पेस्तोल र लागुऔषध बरामद

अभियुक्त र बरामद सामान


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १७:७, काठमाडौँ

काठमाडौं महानगरपालिका १८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट सुनका गहना चोरी भएको घटनामा संलग्न आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

धादिङ खनियाबास गाउँपालिका ४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका २ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

पक्राउ पर्ने अन्य व्यक्तिमा धनकुटाको सागुरीगढी नगरपालिका ७ का २६ वर्षीय सुमन राई, सोही ठाउँका २८ वर्षीय लेविराज राई, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विश्वकर्मा छन्। 

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको कारखानाबाट गत कात्तिक २९ गते राति सुनका गरगहना चोरी भएको थियो। घटना अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएका प्रदेश ३९०२९००१ प ६२१७ नम्बरको मोटरसाइकल, पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउन्डसहितको म्याग्जिन, जर्सी र ज्याकेटसहितको प्रहरी पोसाक १ जोर, नियन्त्रित लागुऔषध फेनारगन १ सय ९७ एम्पुल, डाइजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुलसमेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .