ad ad

अपराध


सुकुम्बासी प्रकरण : महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने ४ जनाविरुद्ध अनुसन्धान

सुकुम्बासी प्रकरण : महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने ४ जनाविरुद्ध अनुसन्धान

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १७:७, काठमाडौँ

काठमाडौं महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने ४ जनाविरुद्ध अनुसन्धान सुरु भएको छ।

काठमाडौं महानगरले ४ जनाको नाम किटानी गरी कारबाहीको अनुरोधपछि प्रहरी परिसरले अनुसन्धान सुरु गरेको हो। 

आइतबार काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा डोजरसहित नगर प्रहरी लैजाँदा तनावग्रस्त बनेको थियो। जसमा नगर प्रहरी प्रमुखसहित ढुंगा प्रहारबाट घाइते भएका थिए। 

काठमाडौं महानगरले राजु तमाङ, दिपकजंग कुँवर, हुकुम बहादुर लामा र नारायण परिश्रमीलाई कारबाही गर्न पत्र पठाएको प्रहरी परिसरले जानकारी दिएको छ। 

महानगरले मुलुकी अपराध संहिता २०७४ को दफा ८५, १९६ र २१२ बमोजिम अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ। 

दफा ८५ मा राष्ट्रसेवकलाई जोर जुलुम र बाधा अवरोध गरेको भन्दै एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। दफा १९६ मा कसैले कसैउपर आपराधिक बल प्रयोग गर्नु नहुने व्यवस्था रहेको छ। आपराधिक बल प्रयोग गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ। 

त्यस्तै दफा ११२ मा शरीर बन्धन लिन नहुने व्यवस्था रहेको छ। नगर प्रहरीलाई सुकुम्बासीले नियन्त्रणमा राखेर शरीर बन्धन बनाएको महानगरले उल्लेख गरेको छ। 

काठमाडौं महानगरले गृह मन्त्रालयमा बोधार्थ दिर्दै प्रहरी परिसरमा अनुरोध गरेको हो। जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी भरत बहादुर बोहराले अनुसन्धान अधिकृत तोकिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .