ad ad

अपराध


म्यादी प्रहरीको चरित्र हत्या गरेको आरोपमा युट्युवरविरुद्ध साइबर क्राइममा मुद्दा

म्यादी प्रहरीको चरित्र हत्या गरेको आरोपमा युट्युवरविरुद्ध साइबर क्राइममा मुद्दा

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १७:३०, काठमाडौँ

हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको भिडिओ खिचेर युट्युव मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, हुप्राचौर बस्ने वर्ष २० को प्रतिक भन्ने नविन खड्का रहेका छन्।

उनले युट्युवमार्फत विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शब्द प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको श्रव्य दृश्य बनाई युट्युव  तथा फेसबुक मार्फत प्रसारण गरेको प्रहरीले जनाएको छ।

खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा अपराध अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .