ad ad

अपराध


गौरको कुखुरा फार्मबाट १८९ किलो गाँजा बरामद, ट्रक चालक पनि समातिए

गौरको कुखुरा फार्मबाट १८९ किलो गाँजा बरामद, ट्रक चालक पनि समातिए

नेपालखबर
मंसिर १८, २०७९ आइतबार २०:२९, काठमाडौँ

रौतहटको गौरबाट प्रहरीले १८० किलो गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ। 

गौर नगरपालिका ३ स्थित फलक पोल्ट्री फार्म परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले १ क्वीन्टल ८० किलो ९१२ पोका० गाँजा बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवका अनुसार बागमती प्रदेश ०१-००६-ख २८३० नम्बरको मिनि ट्रक र त्यसका चालक मकवानपुरको आग्रा ३ का २१ वर्षीय सुरेन्द्र स्याङतान पक्राउ परेका हुन्।

उक्त गाँजा मकवानपुरबाट भारत निकासी गर्ने उद्देश्यले लुकाइछिपाइ सोही ट्रकमा त्यहाँ पुर्याइएको प्रहरीले जनाएको छ। स्थानीय वासीले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले गाँजा बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .