ad ad

अपराध


भिनाजुले हँसियाले हान्दा एउटा सालाको मृत्यु, अर्का गम्भीर घाइते

भिनाजुले हँसियाले हान्दा एउटा सालाको मृत्यु, अर्का गम्भीर घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १०:४४, कैलाली

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भएको झैझगडामा हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले हँसियाले हान्दा घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएकामा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए। 

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताए।

उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। घटना के–कति कारण भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .