ad ad

अपराध


भारत जाँदै गरेको कारभित्र भेटियो दुई किलो सुन, समातिए चालक

भारत जाँदै गरेको कारभित्र भेटियो दुई किलो सुन, समातिए चालक

बरामद कार र सुन


नेपालखबर
असार १०, २०८० आइतबार १०:३३, काठमाडौँ

रुपन्देहीमा सशस्त्र प्रहरीले कारमा सुन लिएर भारत जाँदै गरेको एक व्यक्तिलाई पक्राउ गरेको छ। 

रुपन्देहीको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालीदहबाट २ किलो सुनसहित कार र चालकलाई नियन्त्रणमा लिएको हो। 

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा भारततर्फ जाँदै गरेको  बा. १२ च. ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा सुन फेला परेपछि चालक दाङको घोराही नगरपालिका–१० का हुमानन्द गिरीलाई पक्राउ गरिएको हो। 

गियर बक्समा फल्स बटम बनाएर लुकाईछिपाई राखिएको अवस्थामा इँटा आकारको २ थान सुन बरामद भएको उनले बताए। 

सुनको १ करोड ८८ लाख २७ हजार, कारको १५ लाख गरी जम्मा २ करोड ३ लाख २७ हजार रुपैयाँ मूल्य कायम गरी दुवै चिज भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .