अपराध


जेनजी आन्दोलनमा भागेका पाँच हजार कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनमा भागेका पाँच हजार कैदीबन्दी अझै फरार

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १३:४७, काठमाडौँ

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दीबारे जानकारी दिएका हुन्। उनका अनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार पाँच सय ५४ जना भागेका थिए। त्यसमध्ये नौ हजार चार सय ४१ जनालाई फिर्ता ल्याइएको छ। 

देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको गृहमन्त्री अर्यालले बताए। फरार कैदीको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको पनि उनले जानकारी दिए। 

फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन समेत जारी रहेको बताए। फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको अर्यालको भनाइ थियो। 

उनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको बताए। विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको गृहमन्त्री अर्यालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad