आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवकलाई ललितपुरबाट पक्राउ गरिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट गएको टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-१ मा बस्ने २२ वर्षीय सम्योग राईलाई पक्राउ गरेको हो। उनले ग्रिस पठाइ दिने भनेर तीन जनाबाट २५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितले उजुरी दिएका थिए।
उनीहरूको उजुरीका आधारमा मंगलबार प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
81
Shares

प्रतिक्रिया