ad ad

अपराध


जग्गा विवादमा दुई परिवारको झडप, बुवाले ज्यान गुमाए, तीन छोरा घाइते

जग्गा विवादमा दुई परिवारको झडप, बुवाले ज्यान गुमाए, तीन छोरा घाइते

झडपका क्रममा घाइते एक युवक


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १३:२३, जनकपुरधाम

जग्गाको विषयमा दुई परिवारबीच विवाद हुँदा धनुषामा एकजनाको हत्या भएको छ।

जग्गासम्बन्धी विवादका क्रममा दुई परिवारबीचको झगडाले उग्ररुप लिँदा अरु तीनजना घाइे भएका छन्।  विच भएको सो झडपमा परेर तीन जना 

धनुषाको मिथिला-बिहारी नगरपालिका ४ रमौलमा जग्गाको विषयलाई लिएर दुई परिवार घरेलु हतियारसहित झडपमा उत्रिउका थिए।

त्यसक्रममा स्थानीय ५३ वर्षीय प्रभु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

बिहीबार राति साढे ९ बजेको समयमा मृतक प्रभु यादव र सुरज यादवको परिवारबीच जग्गासम्बन्धी विवादमा झडप भएको थियो। 

सुरजका परिवारले घरेलु हतियार प्रहार गर्दा उनको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।

सुरज यादवका परिवारले घरेलु हतियार प्रहार गर्दा प्रभु यादवको मृत्यु भएको हो। उक्त घटनामा ३ जना घाइते भएका छन्। 

घाइते हुनेहरुमा प्रभुका जेठो छोरा जगरनाथ यादव, माहिला छोरा सन्तोष यादव र कान्छो आशोक यादव छन्। 

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार चलिरहेको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। सोधपुछका लागि ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .