अपराध


नाबालिगलाई बलात्कार गर्न खोजेको आरोपमा सशस्त्रका हवल्दार पक्राउ

नाबालिगलाई बलात्कार गर्न खोजेको आरोपमा सशस्त्रका हवल्दार पक्राउ

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:५३, काठमाडौँ

नाबालिगलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा कञ्चनपुर प्रहरीले एकजना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–९ ब्रम्हदेव घर भएका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई  प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता डीएसपी प्रकाश डाँगीले जानकारी दिए। 

बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत थिए। बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर बिदामा आएका थिए।

आइतबार मध्यरातमा मदिरा पिई बुढा १५ वर्षीया बालिका सुतेको घरमा जबर्जस्ती प्रवेश गरेका थिए। ती नाबालिग कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ। बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए।

पीडित बालिकाका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेको डीएसपी डाँगीले बताए।

सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वत: निलम्बनमा परेका छन्।

‘नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, हाम्रो तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोग गछौँ, दोषी भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही होस्’, उनले भने।

एसपी रावलका अनुसार बुवालाई क्यान्सर भयो, उपचारका लागि चितवन लैजान्छु भन्दै बुढाले बिदा स्वीकृत गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .