ad ad

प्रवास


सिक्किममा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

सिक्किममा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

शैलेन्द्र समदर्शी
जेठ १५, २०७९ आइतबार १६:३३, गान्तोक

उत्तर सिक्किमको लाचुङतर्फ गइरहेको एसके ०३जे–०५५१ नम्बरको वाहन दुर्घटना हुँदा पाँचजना पर्यटक र चालक गरी कुल ६ जनाको मृत्यु भएको छ।

यो मर्मान्तिक सडक दुर्घटना हिजो राति लाचुङ प्रहरी चौकीदेखि करिब १३ किलोमिटर तल खेदुम भिरमा भएको हो।

यस दुर्घटनामा परी भारतको महाराष्ट्र निवासी पर्यटक सुरेश पुनमिया, तोरल पुनमिया, देवांशी पुनमिया, हिरल पुनमिया र जयम परमार तथा चालक सोमी विश्वकर्माले ज्यान गुमाएका छन्।

यी पर्यटकहरू केही दिनअघि सिक्किम घुम्न आएका थिए भने उनीहरू हिजो सिक्किमको प्रसिद्ध पर्यटनस्थल लाचुङतर्फ गइरहेका थिए। यसैअवधि खेदुम भिरमा उनीहरू चढेको वाहन दुर्घटनामा परेको हो।

लाचुङ प्रहरीका अनुसार महाराष्ट्रबाट सिक्किम घुम्न आएका तीन परिवार बेग्ला–बोग्लै तीनवटा वाहनमा सवार भई शनिवार राति लाचुङतर्फ हिँडेका थिए।

यी तीन परिवारमध्ये दुई परिवार मात्र लाचुङ पुगे भने एक परिवार बाटोबाटै बेपत्ता बने। त्यसपछि लाचुङ र चुङथाङ प्रहरी बलले हिजै रातिदेखि खोजी कार्य शुरू गरेको थियो।

खेदुम भिरबाट वाहन दुर्घटना भएको पत्तो लागेपछि आज बिहान लाचुङ प्रहरी बलले सेना र अन्यको सहयोगमा मूल सडकदेखि करिब ६०० फुट तल भिरबाट ६ जनाकै शव निकालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .