चारजना बृद्ध महिलाहरुलाई थप्पड हानेको अभियोमा अस्ट्रेलियामा एकजना २६ वर्षीया नेपाली नर्स दोषी ठहर भएकी छन्।
सन् २०२२ मार्चमा नेपाली नर्स अस्मिता पाण्डेले एज केयरमा कार्यरत रहँदा चर्को स्वरले बोलेको र आफूले भनेको नमानेको भन्दै ८० वर्षमाथिका चार वृद्धालाई धकेल्दे थप्पड हानेकी थिइन्।
उक्त प्रकरणमा उनीसँगै एज केयरमा कार्यरत अर्की नर्सले अस्मिताविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।
उनको उजुरीका आधारमा नेपाली नर्स अस्मितलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी अस्मितामाथि ९५ वर्षीया वृद्धालाई पनि झापट हानेको अभियोग थियो।
यस्तोमा न्यू साउथ वेल्स प्रहरीले अस्मितलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइ सिड्नीस्थित पारामाटा अदालतमा दुईवटा मुद्दा दर्ता गराएको थियो।
अस्मिताविरुद्ध वृद्धाहरुमाथि झापट हानेको र धकेलेको दुईवटा अभियोग थिए। जसमा झापट हानेको घटना अदालतमा पनि स्वीकारेकी अस्मिता दोषी ठहर भएकी हुन्।
सिड्नीको पारामाटा अदालतले सोमबार उनलाई वृद्धाहरुमाथि झापट हानेको अभियोगमा दोषी ठहर गरेको हो।
आफ्ना चारजना हेरालुमाथि कुटपिटपछि दोषी ठहर भएकी अस्मितालाई हुन सक्ने सजायको छिनोफानो आगामी मार्च १७ तारिखमा हुने भएको छ।
प्रहरीका अनुसार चर्को स्वरले बोलेको र आफूले भनेको नमानेको भन्दै अस्मिताले वृद्धाहरुमाथि झापट हानेकी थिइन्।
पारामाट अदालतले दोषी ठहर गरेपछि अब सजाय तोक्न आगामी मार्च १७ मा अदालतमा थप बहस हुँदैछ। त्यस बहसपछि उनलाई बढीमा २ वर्षसम्मको जेल सजाय हुने सिड्नीस्थित ९न्युज सिड्नीले उल्लेख गरेको छ।
A Nepalese nursing assistant could be jailed for slapping and pushing elderly patients at an Epping nursing home.
— 9News Sydney (@9NewsSyd) January 30, 2023
Asmita Pandey was arrested, after her colleagues reported her violent outbursts. @KateCreedon9 #9News pic.twitter.com/WIytnCxM6a
प्रतिक्रिया