Draft


रुकुम हत्याकाण्ड : वडाअध्यक्षसहित २३ जना जेल चलान (सूचीसहित)

रुकुम हत्याकाण्ड : वडाअध्यक्षसहित २३ जना जेल चलान (सूचीसहित)

नेपालखबर
असार १०, २०७७ बुधबार १६:४२,

रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

 

रुकमु पश्चिम सोती घटनामा जाहेरवालाको पक्षमा थुनछेक बहसका लागि रुकुम जिल्ला अदालत पुगेका कानुन ब्यवसायीका साथ पीडित । तस्विर स् भीमबहादुर सिंहरकान्तिपुर ।

 

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जनाकारी दिए । साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश अदालतले दिएको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ । तीबाहेक अरु २३ जना आरोपित पुर्पक्ष थुनामा जानेछन् ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ ९१० र ९३० तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको श्रेष्तेदार बोहराले बताए । इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

 

यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुला छ ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथि सोतीका गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा परि ६ जना युवाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ जनाको मृत्यु भएको छ । जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।

कथित तल्लो जातिको भएर उपल्लो जातिकी युवतीसँग बिहे गर्ने प्रयास गरेको भन्दै नवराज विक र उनका साथीहरुमाथि आक्रमण गरिएको थियो । उनीहरुको शव भेरी नेदीमा भेटिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad