ad ad

Draft


गाभिए हिमालयन र इन्भेष्मेन्ट बैंक, सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल

गाभिए हिमालयन र इन्भेष्मेन्ट बैंक, सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ११:४८,


नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड औपचारिक रुपमा गाभिएका छन्। सो सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन्।

नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन्। बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ।
मर्जर पछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ। त्यसैगरी मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पू‘जी रु.१६.२६ अरब.तथा हिमालयन बैंक लि. को चुक्ता पू‘जी रु. १०.६८ अरब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ। त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष रु. १४.१० अरब र हिमालयन बैंक लि. को रु. ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६०.९८ अरब र हिमालयन बैंक लि. को रु. १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६८.२९ अरब र हिमालयन बैंक लि. को रु. १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बंैकका अध्यक्षहरुले जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .