कारोबार


एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन योजना, यस्ता छन् फाइदाहरू

एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन योजना, यस्ता छन् फाइदाहरू

नेपालखबर
असार २७, २०७८ आइतबार १३:५५,

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ। 

नेपालमै पहिलोपटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्नसक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हो। 

योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्रदान गरिनेछ। 

सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइने जनाइएको छ। साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलो पटक थैली एप डाउनलोड गर्दा सय रुपैयाँ टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने कम्पनीले जनाएको छ।

थप जानकारीको लागि, एनआईबीएल एस क्यापिटल लिमिटेडको वेवसाइट तथा मुख्य कार्यलय (फोन नम्बर स्( ०१४४२५२८०) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad