कारोबार


राउण्ड टेबल नेपालद्वारा ५८ वटा विद्यालय निर्माण

राउण्ड टेबल नेपालद्वारा ५८ वटा विद्यालय निर्माण

नेपालखबर
साउन ३२, २०७८ सोमबार १८:२२, काठमाडौँ

राउण्ड टेबल नेपालले हालसम्म ५८ वटा विद्यालय निर्माण गरेको जानकारी दिएको छ। 

गैरनाफामूलक संस्था राउण्ड टेबलले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ। 

काठमाडौंमा बसेको संस्थाको वार्षिक साधारण सभामा अहिलेसम्म ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको जानकारी दिइएको हो।  साधारण सभामा केही नयाँ सदस्यहरू थपिएका छन् भने केही सदस्यहरुको कार्यकाल समाप्त भएको जानकारी दिइएको छ।

संस्थाका अनुसार राउण्ड टेबल इन्टर नेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन्। ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ। 

आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाहेती (अध्यक्ष), राहुल अग्रवाल (उपाध्यक्ष), गोविन्द घिरइया (सचिव), सुसान्त चाचान् (कोषाध्यक्ष), विमल बेद (सम्पादक) र शौरभ केडिया (पीपी/आईआरओ)रहेका छन्।

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’ सञ्चालन गरिरहेको छ। संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ। 

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ। शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ।

खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ।

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .