सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैकिङ एप सेञ्चुरी पे बाट अनलाइन आन्तरिक रेमिटेन्स सेवा पनि प्रदान गर्ने भएको छ।
यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिटेन्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ। यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्नेछन्।
बैंकका अनुसार आन्तरिक रेमिटेन्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिनेछ।
यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिटेन्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ।
साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिटेन्स रकम संकलन गर्न सक्नेछन्।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्सटेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।
Shares
प्रतिक्रिया