कारोबार


फेसबुकमा समस्या

फेसबुकमा समस्या

नेपालखबर
साउन ३, २०८३ आइतबार १३:३९, काठमाडौँ

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। 

आइतबार दिउँसो साढे १ बजे आसपासबाट फेसबुक प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्। 

फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध (एकाउन्ट टेम्पोरोरोली अनएभाइलेबल) नभएको सूचना आइरहेको छ। यद्यपि एपमा भने समस्या देखिएको छैन।

साइटमा समस्या आएको र केही समयमा समस्या समाधान हुने फेसबुकले जनाएको छ। फेसबुकमा देखिएको समस्याबारे औपचारिक जानकारी प्राप्त भएको छैन।

वेबसाइट डाउनबारे जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरमा अधिकांश प्रयोगकर्ताहरूले आआफ्नो देशमा फेसबुकमा उही प्रकृतिको समस्या देखिएको भन्दै कमेन्ट गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad