नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यावसायिक तथा कार्यालय प्रयोजनको लागि वीरगन्जमा ८७.५३ धुर (१४ सय ८२ वर्गमिटर) जग्गा खरिद गरेको जनाएको छ।
सीईओ प्रवीण रमण पराजुलीका अनुसार कम्पनीले ३२ करोडमा उक्त जग्गा खरिद गरेको हो।
रजिस्ट्रेसन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजारसहित कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ कम्पनीले खर्च गरेको जनाएको छ।
पर्साको वीरगन्ज महानगर ४ मा रहेको उक्त जग्गा होटल मकालु प्रालिको नाममा थियो। कम्पनीले २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ कित्ताको कुल ८७.५३ धुर जग्गा खरिद गरेको हो।
9
Shares

प्रतिक्रिया